१ कार्तिक २०८३, आइतबार

जबर्जस्ती चुम्बन गर्ने रुबियाल्सको तारिफ गरेकोमा स्पेनी प्रशिक्षकद्वारा क्षमा याचना

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बार्सिलोना, १६ भदौ । महिला विश्वकप स्टार जेनी हर्मोसोको ओठमा जबर्जस्ती चुम्बन गर्ने स्पेनी फुटबल महासंघका अध्यक्ष लुइस रुबियालेसको आक्रामक भाषणको समर्थन गरेको भन्दै सर्वत्र आलोचना भएपछि स्पेनका प्रशिक्षक लुइस डे ला फुएन्टेले शुक्रबार क्षमा याचना गरेका छन् ।

आफ्नो आलोचना भएपछि महासंघका प्रमुखले एक आपतकालीन बैठक बोलाएर विरोधलाई अनावश्यक हल्ला भन्दै दबाबको बावजुद राजीनामा दिन अस्वीकार गरेका थिए । उनले विरोधलाई ‘झूटो नारीवाद’को विरूद्ध आवाज उठाउनुपर्ने बताएका थिए भने डे ला फुएन्टेले रुबियालेसको पक्षमा आफ्नो धारण राखेका थिए ।

डे ला फुएन्टेले एक पत्रकार सम्मेलनमा उक्त सन्दर्भमा रूवियाल्सको समर्थन गर्नु गल्ती भएको बताएका छन् । ‘मैले माफी माग्नुपर्छ, मैले गल्ती गरेँ, यो अक्षम्य छ,’ उनले भने ।

स्पेनका ४६ वर्षीय रुबियालेसले गत अगस्ट २० मा सिड्नीमा भएको महिला विश्वकप पदक समारोहमा स्पेनकी मिडफिल्डर हर्मोसोलाई जबर्जस्ती चुम्बन गरेपछि विश्वभर आक्रोश उत्पन्न भएको थियो ।

रुबियाल्सले आफ्नो चुम्बन सहमतिमा भएको दाबी गरेका थिए भने हर्मोसोले आफु ‘आक्रमणको शिकार’ भएको जस्तो महसुस गरेको बताएकी थिइन् ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले रुबियाल्सलाई ९० दिनका लागि निलम्बन गरेपछि डे ला फुएन्टेले विज्ञप्ति प्रकाशित गरी महासंघका अध्यक्षको व्यवहारको आलोचना गरेका थिए ।

स्पेनका दोस्रो उपप्रधानमन्त्री योलान्डा डियाजलगायत केही आलोचकले डे ला फुएन्टेले आफ्नो पदमा रहिरहन नसक्ने बताएका छन् । ‘मैले (प्रशंसा) को लागि भारी आलोचना प्राप्त गरें र मलाई लाग्छ कि यो पूर्ण रूपमा योग्य छ, म यसलाई बुझ्छु, म यसको लागि माफी माग्छु, यो अन्यायपूर्ण थियो,’ स्पेनका प्रशिक्षक लुइस डे ला फुएन्टेले भने ।

परिस्थितिले ‘भावनात्मक तनाव’ उत्पन्न गरेको र उपस्थित सबैलाई आश्चर्यचकित पारेको उनले बताएका छन् ।

उनले प्रसङ्गलाई थप जोड्दै भने, ‘म सही स्तरमा थिइनँ र मैले मेरो भावनाहरू नियन्त्रण गर्न सकिनँ । मैले आफूलाई चिन्न सकिनँ ।’ एएफपी