
काठमाडौं, १५ भदौ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ मानव अधिकारकर्मी तथा वामपन्थी नेता टेकनाथ बरालको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत बरालको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका हुन् ।
‘वरिष्ठ मानव अधिकारकर्मी वामपन्थी नेता टेकनाथ बरालको निधनको खबर सुन्दा अत्यन्त दुःखी छु । दिवंगत टेकनाथ बरालप्रति भावपूर्ण श्रद्धाञ्जली ! दुःखको यस घडीमा शोक सन्तप्त समस्त परिवारजनमा गहिरो समवेदना !!’ शुक्रबार बिहान ट्वीटरमा लेख्दै अध्यक्ष ओलीले भनेका छन् ।
पोखराका वामपन्थी नेता बरालको मंगलबार ८४ वर्षको उमेरमा निधन भएको थियो । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा उनको निधन भएको थियो । वामपन्थी नेता बराल मानवअधिकारको क्षेत्रमा सक्रिय थिए ।











प्रतिक्रिया