
काठमाडौं, १४ भदौ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा तीन सयले बढेको हो ।
आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजावी सुन प्रतितोला एक लाख १२ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघकाअनुसार आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १४ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।















प्रतिक्रिया