
मकवानपुर, १४ भदौ । बागमती प्रदेश सभा सचिवालयमा बुधबार प्रदेश सरकारका तर्फबाट दुईवटा विधेयक दर्ता गरिएको छ ।
दर्ता गरिएका विधेयकमध्ये प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक रहेको प्रदेश सभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले बताए ।
प्रदेश सभाको अधिवेशन यही भदौ १८ गते अपराह्न १ः३० बजे बस्ने गरी आह्वान भइसकेको पनि सो सचिवालयले जनाएको छ ।











प्रतिक्रिया