
काठमाडौं, १४ भदौ । पहिरोका कारण एकतर्फी सञ्चालनमा रहेको नारायणगढ –मुग्लिन सडक दुई तर्फी सञ्चालनमा आएको छ ।
केहीबरेअघि पहिरो पन्छ्याएर उक्त सडक दुईतर्फी सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
आज बिहान सडकखण्डको नाम्सि पुल नजिकै पहिरो खसेका कारण सडक एकतर्फी सञ्चालन रहेको थियो । पहिरोका कारण नारायणगढ –मुग्लिन सडक खण्ड पटक–पटक अवरुद्ध हुँदै आएको छ ।











प्रतिक्रिया