२ कार्तिक २०८३, सोमबार

सरकार र नियामक निकायहरुले लिएको गलत नीतिको कारण अर्थतन्त्रमा समस्या आयोः अध्यक्ष ढकाल

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ भदौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र नियामक निकायहरुले लिएको गलत नीतिको कारण अर्थतन्त्रमा समस्या आएको बताएका छन् ।

बुधबार बाह्रखरी मिडियाले आयोजना गरेको ‘निजी क्षेत्रको आवाज’ विषयक छलफल कार्यक्रममा बोल्दै ढकालले राज्यले बनाएको नीतिको कारण यस्तो अवस्था आएको बताएका हुन् । उनले निजी क्षेत्रले कडाई नीति नलिन भन्दा भन्दै लिएको नीतिको प्रभावको कारण सरकारले कर्मचारीहरुलाई तलब खुवाउन पनि समस्या आएको बताए ।

उनले सरकार र नियामक निकायले लिएको नीतिको कारण नै मुलुकको अर्थतन्त्र निकै जटिल अवस्थामा रहेको बताए । उनले निजी क्षेत्रले आवाज उठाउँदा आफ्नो स्वार्थका लागि बोल्छन् भन्ने बुझाइ सरकारको रहेको उल्लेख गरे । उनले सरकारले दूरदर्शी हिसावले नीति बनाउन नसक्दा अहिले अर्थतन्त्र चलायमान हुन नसकेको बताए।

उनले भने,‘ मुलुकको अर्थतन्त्र ज्यादै जटिल अवस्थामा छ । सरकारको नीतिगत कारणबाट वा कोभिडको कारण वा विश्वव्यापी समस्याको कारण अथवा श्रीलंकाको डर देखाएर बनाएको नीतिको कारण अर्थतन्त्र आजको अवस्थामा आएको छ । सरकार र नियमक निकायहरुले लिने नीतिहरुमा निजी क्षेत्रले गर्न हुँदैन भन्दा भन्दै पनि आयात प्रतिवन्ध लगायत लगाउने काम भयो । त्यो बेला सरकारले निजी क्षेत्रले सधैँ व्यापारको मात्रै कुरा गर्छ । आफ्नै मात्रै कुरा गर्छ । समाजिक उतरदायित्व लिने हिसाबले कुरा गर्दैनन् । निजी क्षेत्रले आयात प्रतिवन्ध लगायतका अन्य नीतिहरु नलिन भन्दा भन्दै सरकारले लिएको नीतिको कारण सरकारले कर्मचारीहरुलाई तलब खुबाउन समेत समस्या भएको हो ।’

उनले सरकारको नीतिगत व्यवस्था, कोभिड महामारी, विश्वव्यापी समस्या र श्रीलंकाको डर देखाएर सरकारले लिएको नीतिको कारण अर्थतन्त्र अहिलको अवस्थामा आएको बताए।