२८ कार्तिक २०८३, शनिबार

पहिरोका कारण नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालन

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ भदौ । नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोका कारण एकतर्फी सञ्चालनमा आएको छ ।

आज बिहान सडकखण्डको नाम्सि पुल नजिकै पहिरो खसेका कारण सडक एकतर्फी सञ्चालनमा आएको हो ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार पहिरो पन्छाउने तयारी भइरहेको छ । कार्यालयले अबको करिब २ घण्टापछि सडक पुनः दुईतर्फी सञ्चालनमा आउने जनाएको छ ।