
काठमाडौं, १२ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धर्म, संस्कृतिमाथि द्वेषपूर्ण अभिव्यक्ति दिनेलाई कारबाही गरिने बताएका छन् ।
प्रतिनिधिसभा बैठकमा प्रश्नोत्तर कार्यक्रममा सांसद ईश्वरीदेवी न्यौपानेले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले धर्म र संस्कृतिमा द्वेषपूर्ण अभिव्यक्ति दिने र कार्य गर्नेलाई छुट नदिइने स्पष्ट पारेका हुन् ।
“सामाजिक एकता, सद्भाव र समाजिक सहअस्तित्वमा खलल पुर्याउने कुनै पनि किसिमको कार्य हुन नदिन सरकार दृढ छ । सामाजिक सद्भावमा खलल पार्ने र एकार्काको धर्म र संस्कृतिमा द्वेषपूर्ण अभिव्यक्ति र कार्यलाई सरकारले कुनै हालतमा छुट दिन सक्दैन,” प्रधानमन्त्री प्रचण्डले भने ।















प्रतिक्रिया