
काठमाडौं, १० भदौ । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा आज सरकारी वकिलको कार्यालयले २९० जनाविरूद्व मुद्दा दर्ता गरेको छ ।
काठमाडौं जिल्ला अदालतमा आज मुद्दा दर्ता भएको हो । तर, मुद्दा दर्ता गर्दा कमजोर बनाएर दर्ता गराइएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले प्रतिवादीहरूलाई संगठित अपराध र सरकारी कीर्ते आरोपमा मुद्दा दायर गर्न राय दिँदै सरकारी वकिलको कार्यालमा प्रतिवेदन बुझाएको थियो । तर सरकारी वकिलको कार्यालयले आज सरकारी कीर्तेमा मात्रै मुद्दा दायर गरेको हो ।
सरकारी किर्तेमा जम्मा १ वर्ष कैद र १० हजार जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ।
सरकारी वकिलको कार्यालयले संगठित अपराधमा मुद्दा चलाउन पर्याप्त प्रमाण फेला नपरेको भन्दै सरकारी कीर्तेमा मात्रै मुद्दा दर्ता गरेको हो ।















प्रतिक्रिया