
काठमाडौं, १० भदौ । बालुवाटारस्थित ललिता निवास जग्ग प्रकरणमा मुछिएका दाङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यलाई गृहमन्त्रालयमा तानिएको छ ।
उनलाई जिम्मेवारीबाट हटाउँदै गृहमा तानिएको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले वैद्यलाई फरार प्रतिवादी बनाएर जिल्ला सरकारी वकिलको कार्यालमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।
वैद्य मालपोत कार्यालय डिल्लीबजारमा कार्यरत हुँदा ‘संगठित किर्ते’मा संलग्न रहेको ब्यूरोको निष्कर्ष छ ।















प्रतिक्रिया