७ कार्तिक २०८३, शनिबार

छोरा सारुकको वियोगमै बिते अभिनेता सानु ताम्राकार

2.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ भदौ । अभिनेता सानु ताम्राकारको निधन भएको छ ।

उनको उपचारका क्रममा काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको हो । छोरा सारूक ताम्राकारले आत्महत्या गरेको दुई महिना नबित्दै बुबा सानुको पनि निधन भएको हो ।

अभिनेतासमेत रहेका छोरा सारूकले आत्महत्या गरेपछि उनी अस्पताल भर्ना भएका थिए । सारूकले गत असार २१ गते आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका थिए ।

छोराको निधनपछि उनको स्वास्थ्यमा समस्या देखिएको थियो । ७५ वर्षीय ताम्राकार मिर्गौला रोगबाट पीडित थिए । सानुको भोलि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।