२ कार्तिक २०८३, सोमबार

चन्द्रयान–३ चन्द्रमामा सफल अवतरण गरेको दुई दिनपछि पाकिस्तानले दियो भारतलाई बधाई

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ भदौ । भारतले चन्द्रयान–३ चन्द्रमामा सफल अवतरण गरेको दुई दिनपछि पाकिस्तानले भारतलाई बधाई दिएको छ ।

पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ताले बधाई दिँदै यो ठूलो वैज्ञानिक उपलब्धि भएको बताएका छन् ।

पाकिस्तानका पूर्वमन्त्री फवाद चौधरीले पनि ट्वीट गर्दै भारतलाई बधाई दिएका छन् । उनले चन्द्रयान–३ को चन्द्रमामा अवतरण गर्नु भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)का लागि ठूलो क्षण भएको उल्लेख गरेका छन् ।