७ कार्तिक २०८३, शनिबार

धरानमा निषेधाज्ञा जारी

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धरान, ८ भदौ । धरानमा २४ घण्टे निषेधाज्ञा जारी गरिएको छ ।

पछिल्लो समय जातीय र धार्मिक तनाव बढिरहेका बेला सम्भावित घटना रोक्न जिल्ला प्रशासन कार्यालयले २४ घण्टे निषेधाज्ञा जारी गरेको हो । शुक्रबार मध्यराति १२ बजेदेखि निषेधाज्ञा लागु हुनेछ । निषेधाज्ञा शनिबार राति १२ बजेसम्म लागु हुनेछ ।

प्रशासनले धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम बाटो बराहक्षेत्र नगरपालिका-१ मा पर्ने झण्डा चौकदेखि धरानतर्फको क्षेत्र, धरान प्रवेश गर्ने पश्चिम-दक्षिण रामधुनी नगरपालिका-६ बाट बराहक्षेत्र नगरपालिका-३ नडाहा चोकबाट धरानतर्फको क्षेत्र, इटहरी उपमहानगरपालिका वडा नं. २० तरहरा पानीपियादेखि उत्तर धरानतर्फको क्षेत्रमा प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

यस्तै, धरान उपमहानगरपालिका-५ प्रवेश गर्ने पूर्वी केराबारीबाट धरानतर्फको क्षेत्र र धनकुटा जिल्ला साँगुरीगढी-६ भेडेटारबाट धरानतर्फको क्षेत्रमा पनि निषेधाज्ञा जारी गरिएको जानकारी दिइएको छ ।

प्रशासनले निषेधाज्ञा अवज्ञा हुने कुनै पनि क्रियाकलाप भए कारबाही हुने चेतावनीसमेत दिएको छ ।

धरानमा पछिल्लो समय गोरू काटेर खाएको विषयलाई लिएर विवाद चुलिँदो छ ।