१ कार्तिक २०८३, आइतबार

जितुको हास्यव्यंग्य गाईजात्रा २०८० मा देउवाले देश छोडेर जाँदै

826
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ भदौ । हास्यव्यंग्य कलाकार जितु नेपालले मुन्द्रेको कमेडी क्लव अपेक्षा गरेअनुसार नचलेको बताएका छन् । सोमबार काठमाडौंमा जितुको हास्यव्यंग्य गाईजात्रा २०८० को बारेमा आयोजित पत्रकार भेटघाटका क्रममा उनले दर्शक कम हुनुमा उस्तै कमेडी विधाका अन्य कार्यक्रमहरू बाँडिनु रहेको बताए । उनले तुलनात्मक रुपमा पहिलाको जस्तै युट्युबमा भ्युअर्समा कमी आएको बताए। उनले पहिला ठूलो सेटमा कार्यक्रम गर्ने गरेको तर अहिले खुम्चिएर सानो सेटमा कार्यक्रम गर्न बाध्य भएको गुनासो गरे।

उनले भने, ‘अपेक्षा गरेअनुसारको पहिलो र दोस्रो आइसकेको छैन । कार्यक्रमहरू यस्तै धेरै बाँडिरहेका छन् । तुलनात्मक रुपमा पहिलाको जस्तै युट्युबमा भ्युअर्समा कम छ । ठूलो सेटमा कार्यक्रम गरेको थिएँ, अहिले सानो सेटमा गर्दै जानुपरेको छ । खुम्चिँदै गयौँ । पहिलाको जस्तो अवस्था छैन ।’

उनले गाईजात्रामा आफूले राजनीतिक र समसामयिक विषयवस्तुहरू उठान गरेको बताए । उनले राजनीतिक नेताहरूलाई व्यंग्य गर्ने काममा मात्रै गाईजात्रा सकियो नि ? भन्ने सिने पत्रकारको प्रश्नमा उनले गाईजात्रा पहिलाबाट नै राजनीतिक रुपमा व्यंग्य गर्ने गरेको बताए ।

अभिनेता नेपालले अन्य बेलामा अन्य विषय र कलाकारहरूलाई व्यंग्य गर्नसकिने तर राजनीतिप्रति खुलेर व्यंग्य गर्न पाइने एउटै अवसर गाईजात्रा भएकाले पनि नेताहरूलाई बढी व्यंग्य गरेको बताए । उनले गाईजात्राको भिडियोमा काँग्रेस सभापति शेरबहादुर देउवा देश छोडेर विदेश पलायन भएको विषयवस्तु उठाइएको बताए । साथै अन्य नेताहरू पनि देश देशलाई खाल्डोमा हालेर देश छोडेर विदेश पलायन भएको लगायतका विषयवस्तुहरूमाथि व्यंग्य गरिएको उल्लेख गरे ।

कार्यक्रममा वरिष्ठ हास्य कलाकार सुरेन्द्र केसी (मुला साग) ले मुन्द्रेको कमेडी क्लव बिस्तारै मैदानमा खरो उत्रिरहेको बताए । उनले भने, ‘मुन्द्रको कमेडी क्लव चलिरहेको छ । उ खेलाडी हो, मैदानमा छ, कति फल भए, कति गोल भए, कति प्रयास भए, कति असिस्ट भए । तर मैदानमा नै छ उ, मैदानबाट भागेको छैन ।’

गाईजात्रा २०८० नजिकिएसँगै कलाकारहरू हास्यव्यंग्यमार्फत समाज, देश र विदेशका राजनीतिक, समसामयिक विषयवस्तुमाथि व्यंग्यात्मक कार्यक्रम लिएर आउन थालेका छन् । गाईजात्राको अवसरमा हरेक वर्ष कलाकारहरूले आफ्ना व्यंग्यात्मक प्रस्तुती दर्शक र श्रोतामाझ पस्किँदै आएका छन् ।