
काठमाडौं, ५ भदौ । संघीय संसद अन्तर्गत दुवै सदनको बैठक आज मंगलबार बस्दैछ ।
संघीय संसद सचिवालयका अनुसार राष्ट्रिय सभा बैठक दिउँसो १ः१ बजेका लागि बोलाइएको छ भने प्रतिनिधि सभा बैठक दिउँसो ३ बजेबाट बस्नेछ ।
गत १० साउनदेखि संसद बैठक अवरुद्ध र स्थगित हुँदै आएको छ । सुन तस्करी प्रकरणको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसद बैठक अवरोध गर्दै आएको छ ।
यसैबीच, हिजो सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गरेको राष्ट्रिय दलहरूको बैठकले सुन तस्करी प्रकरणमाथि छानबिनका लागि गठन गरिने समितिको कार्यादेश (टिओआर) तय गर्ने सहमति गरेको छ ।
छानबिन समितिको टिओआर तयार गर्नका लागि नेकपा (एमाले)का नेता सुवासचन्द्र नेम्वाङ, नेपाली कांग्रेसका नेता रमेश लेखक र नेकपा (माओवादी केन्द्र)का नेता हितराज पाण्डे सदस्य रहने गरी बैठकले कार्यादेश समिति गठन गरेको छ ।
राष्ट्रिय दलहरुको सोमबारको बैठकमा संसद् सञ्चालन गर्नेबारे सकारात्मक छलफल भएको तथा त्यसका लागि सबै विकल्प र सम्भावना खोजिने गरी दलहरुबीच सहमति भएको कांग्रेस नेता लेखकले जानकारी दिए । उनले अब निर्धारित समयमै संसद् बैठक बस्ने सहमति भएको समेत बताए ।
संसद अवरोध खुलाउन प्रधानमन्त्री र सभामुखले दलका नेताहरुसँग छलफल गर्दै आएपनि सहमति जुट्न सकेको थिएन ।
यस्तो छ आजको राष्ट्रिय सभा बैठकको कार्यसूचीः

यस्तो छ आजको प्रतिनिधि सभा बैठकको कार्यसूचीः












प्रतिक्रिया