२८ कार्तिक २०८३, शनिबार

प्रचण्डको डरलाग्दो ओरालो यात्रा सुरु भयोः राजाराम बर्तौला

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ भदौ । राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ओरालो यात्रा सुरु भएको बताएका छन् ।

राजनितीक जीवनको उत्तरार्धमा प्रचण्डले कमजोर पार्टीका बाबजुद पनि एक अवसर पाएको तर त्यसलाई जोगाउन नसक्दा ओरालो यात्रा सुरु भएको बर्तौलाको दाबी छ ।

‘राजनितीक जीवनको उत्तरार्धमा प्रचण्डले कमजोर पार्टीका बाबजुद पनि एउटा सुन्दर अबसर पाएका थिए । अब उनले त्यो सम्पुर्ण रुपमा गुमाए । उनको डरलाग्दो ओरालो यात्रा सुरु भैसकेको छ ।’ सोमबार सामाजिक सञ्जालमा लेख्दै महामन्त्री बर्तौलाले भनेका छन्, ‘उनले केही पनि बाँकी नरहने गरी सत्तासँग सम्झौता गरे । आदर्श र विधिका उनका कुरा फगत मिठो गफमा सिमित रह्यो ।’