
काठमाडौं, ४ भदौ । चार दल सम्मिलित समाजवादी मोर्चाको बैठक बसिरहेको छ ।
बैठक नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बसिरहेको छ । बैठकमा सरकारका गतिविधि, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल भइरहेको बताइएको छ ।
मोर्चा गठन भएको करिब तीन महिनापछि दोस्रो पटक बैठक बसेको हो । मोर्चामा सत्तारूढ नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र विप्लव नेतृत्वको नेकपा रहेको छ ।












प्रतिक्रिया