
वीरगञ्ज, ३ भदौ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण, पर्साका प्रमुख प्रहरी उपरीक्षक सुमन थपलियाको शनिबार निधन भएको छ ।
बाराको गढीमाईसम्म शनिबार बिहान साइक्लिङ गरेर फर्किएका सशस्त्र प्रहरी उपरीक्षक थपलियाको दिउँसो १ः०० बजेतिर हृदयघातबाट निधन भएको पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।
साइक्लिङबाट फर्किएपछि उनी गणस्थित आफ्नै कोठामा आराम गरिरहेका बेला अचानक बेहोस भएका थिए ।
बेहोस भएका उनलाई उपचारका लागि वीरगन्जस्थित नेपाल मेडिसिटी वयोधा अस्पताल लगिएकामा अस्पताल पुर्याउनुअघि नै मृत्यु भइसकेको चिकित्सकले घोषणा गरेको प्रजिअ रेग्मीले बताए ।
नुवाकोट स्थायी घर भएका थपलियाको परिवारजन काठमाडौंमा बस्दै आएको छ । उनी सात महिनाअघि सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटरको प्रमुखको जिम्मेवारीमा आएका थिए ।











प्रतिक्रिया