२ कार्तिक २०८३, सोमबार

सेफ्टी ट्यांकीमा परेर जंगली हात्तीको मृत्यु

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महेन्द्रनगर, ३२ साउन । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा गए राति जंगली हात्तीको मृत्यु भएको छ ।

यहाँको शुक्लाफाँटा नगरपालिका–७ स्थित वातावरण मध्यवर्ती साुमदायिक वन कार्यालय परिसरमा रहेको शौचालयको सेफ्टी ट्यांकीमा परेर एक जंगली हात्तीको मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले जानकारी ए ।

‘राति १२ बजेपछि जंगली हात्ती आएर सेफ्टी ट्यांकीमा पछाडिको खुट्टा परेर मृत्यु भएको देखिएको छ ।’ प्रमुख संरक्षण अधिकृत मेहताले भने, ‘अहिले प्राविधिकसहितको टोली गएर घटनास्थल मुचुल्का संकलन गर्ने काम भइरहेको छ ।’

उनले जंगली हात्ती बथानमा आएको हुनसक्ने बताउँदै मृत्यु भएको हात्ती एक्लै छुटेर त्यहाँ आएको हुनसक्ने बताए । ‘सो सम्बन्धमा थप अनुसन्धान भइरहेको छ’, उनले भने, ‘विधि प्रक्रिया पुर्‍याएर हात्तीको दाहसंस्कार गरिनेछ ।’