२ कार्तिक २०८३, सोमबार

छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, ३१ साउन । मकवानपुरमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र एक पुरुष रहेका छन् ।

जिल्लाको धियालमा ढुंगाले थिच्दा एक महिलाको मृत्यु भएको छ । मकवानपुर र बाराको सिमानामा अवस्थित बकैया गाउँपालिका–१ धियालको विजय डाँडाकी ५१ वर्षीया रुपामाया लोको ढुंगाले थिचेर ज्यान गएको हो ।

मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार मंगलबार गाईभैँसी चराउन गएकी उनी बसेको ढुंगा पल्टिएर त्यसले थिच्दा ज्यान गएको हो । इलाका प्रहरी कार्यालय निजगढको टोली आज घटनास्थलमा पुगेको उनले बताए ।

यस्तै मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ चित्रेघारीमा भीरबाट लडेर स्थानीय ५३ वर्षीय विनोदकुमार बम्जनको मृत्यु भएको छ । घर नजिकैको जंगलमा घाँस काट्न गएका उनी मंगलबार चिप्लिएर भीरबाट खसेका थिए । गम्भीर घाइते बम्जनलाई उपचारका लागि फर्पिङस्थित मनमोहन अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।