२ कार्तिक २०८३, सोमबार

भारतले विश्वकर्मा योजना ल्याउने, १५ हजार करोड रुपैयाँ विनियोजन गर्ने मोदीको घोषणा

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केन्द्र सरकारले आगामी महिनामा विश्वकर्मा योजना ल्याउने घोषणा गरेका छन् ।

७७औँ स्वतन्त्रता दिवसको अवसरमा लाल किल्लामा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गरिरहेका मोदीले सो घोषणा गरेका हुन् ।

उनले परम्परागत सीप भएका आम नागरिकहरुको लागि यो योजना ल्याउन लागिएको उल्लेख गरे । उनले यस योजनाको लागि १५ हजार करोड रुपैयाँ विनियोजन गर्ने बताए ।

उनले भनेः परम्परागत सीप भएका मानिसहरूका लागि सरकारले आगामी महिना विश्वकर्मा जयन्तीको अवसरमा १३ हजारदेखि १५ हजार करोड रुपैयाँ विनियोजन गरी विश्वकर्मा योजना ल्याउँदैछ ।