२९ कार्तिक २०८३, आइतबार

बाघको आक्रमणबाट दुई महिला घाइते

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपुर, ३० साउन । नवलपुरको त्रिवेणी गाउँपालिकामा बाघको आक्रमणबाट दुई महिला घाइते भएका छन् । घाइते हुनेहरुमा विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर १ सिसेनीकी ४० वर्षीया पिथिमा दर्लामी र सोही ठाउँकी कीर्तिमा दर्लामी रहेका छन् ।

सोमबार दिउँसो भेडावन उपभोक्ता समितिको सामुदायिक बनमा घाँस काट्न जाने क्रममा बाघले आक्रमण गर्दा उनीहरु घाइते भएको नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए ।

उनीहरूलाई बाघले दाहिने हातको पाखुरा र दाहिने हिपमा नग्रांले चिथोरेको पौडेलले बताए । घाइते दुवै महिलाको मध्यविन्दु नगरपालिकामा रहेको विश्व मेडिकलमा प्राथमिक उपचारपछि मध्यविन्दु जिल्ला अस्पताल पुर्‍याइएको थियो ।

घाइतेलाई जिल्ला अस्पतालले चितवन रिफर गरेको छ । अहिले उनीहरूको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।