२ कार्तिक २०८३, सोमबार

शिक्षक महासंघद्वारा देशभरका स्थानीय तहमा धर्ना

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ साउन । नेपाल शिक्षक महासंघले नेपाल सरकारबाट संघीय संसद्मा पेस गर्ने तयारीमा रहेको विद्यालय शिक्षा विधेयकमा आफ्ना मुद्दाहरूको सही सम्बोधनका लागि दबाब दिन आइतबार देशका सबै पालिकामा तीनघन्टे धर्ना कार्यक्रम गरेको छ ।

महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीका अनुसार आबद्ध संस्था र मातहतका कमिटीमार्फत धर्ना सञ्चालन गरिएको र यही साउन ३० गते जिल्ला र ३२ गतेका प्रदेशस्तरीय दबाब कार्यक्रम सञ्चालन हुनेछ ।

महासंघले विगतमा भएको सहमतिका आधारमा राहत र उमावि शिक्षकको स्थायित्व, सिकाइ अनुदान, सेवासुविधा, श्रमिक अधिकार आदि सवालमा कुनै परामर्श नगरी विधेयक तयार गरिएकामा असन्तुष्टि जनाएको छ ।