२८ कार्तिक २०८३, शनिबार

राष्ट्रपति पौडेलसँग सभामुख घिमिरे र अध्यक्ष तिमिल्सिनाको भेट

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ साउन । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भेट गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा बिहान १० बजे भएको भेटमा संसदको जारी अवरोधबारे छलफल भएको छ । भेटमा राष्ट्रपति पौडेलले सदन अवरोध खुलाउन सभामुख र अध्यक्षबाट भएका छलफल प्रयासबारे समेत जानकारी लिएका थिए ।

भेटमा सभामुख घिमिरे र अध्यक्ष तिमिल्सिनाले सदनको अवरोध खुलाउन राष्ट्रपतिबाट समेत सहयोगको अपेक्षा राखेको सभामुखको सचिवालयले जनाएको छ ।

सदन अवरोधप्रति चासो राख्दै राष्ट्रपति पौडेलले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका थिए ।

गत १० साउनदेखि संसद बैठक अवरुद्ध र स्थगित हुँदै आएको छ । सुन तस्करी प्रकरणको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले संसद बैठक अवरोध गर्दै आएको छ ।