२८ कार्तिक २०८३, शनिबार

गुल्मीको मदानेमा बेवारिसे शव फेला

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गुल्मी, २६ साउन । गुल्मीको मदाने गाउँपालिकामा बेवारिसे अवस्थामा एक शव फेला परेको छ ।

मदाने-३ सिम्लेको खोलामा पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) नवीन किशोर प्रधानले जानकारी दिए ।

स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव नाङ्गो अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।