
काठमाडौं, २६ साउन । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०५ पैसा र बिक्री दर १३२ रुपैयाँ ६५ पैसा तोकिएको छ भने युरो एकको खरिद दर १४५ रुपैयाँ ६० पैसा र बिक्री दर १४६ रुपैयाँ २६ पैसा रहेको छ ।
यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ५६ पैसा र बिक्री दर १६९ रुपैयाँ ३३ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २३ पैसा र बिक्री दर ३६ रुपैयाँ ३९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
















प्रतिक्रिया