२८ कार्तिक २०८३, शनिबार

संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दै, हट्ला त अवरोध ?

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ साउन । संघीय संसद अन्तर्गत दुवै सदनको बैठक आज शुक्रबार बस्दैछ ।

संघीय संसद सचिवालयका अनुसार प्रतिनिधि सभा बैठक दिउँसो १ बजे बस्नेछ भने राष्ट्रिय सभा बैठक दिउँसो १ः१ बजेबाट सुरु हुनेछ ।

गत १० साउनदेखि संसद बैठक अवरुद्ध र स्थगित हुँदै आएको छ । सुन तस्करी प्रकरणको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले संसद बैठक अवरोध गर्दै आएको हो ।

एमालेले उच्चस्तरीय छानबिन समिति नबनेसम्म संसद बैठक अवरुद्ध गर्ने अडान कायमै राखेको छ । जसकारण आज पनि दुवै सदनको बैठक अवरुद्ध हुने देखिएको छ ।

राजस्व अनुसन्धान विभागले गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट ‘ब्रेक शु’मा हालेर ल्याइएको अन्दाजी एक सय किलो सुन बरामद गरेको थियो । विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको सुन विभागको टोलीले बरामद गरेको थियो ।

सुन तस्करी प्रकरणमा १७ जना पक्राउ परेका छन् । उनीहरु हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को हिरासतमा छन् ।