
काठमाडौं, २६ साउन । काठमाडौंको भोटाहिटीस्थित एक घरमा लागेको आगो नियन्त्रणमा आएको छ ।
बिहीबार राति काठमाडौं-२७ भोटाहिटीस्थित नेपाल हाउसको पाँचौं र छैठौं तलामा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोद ढुंगेलले जानकारी दिए ।
मथुराम श्रेष्ठको घरमा भाँडाकुँडाको गोदाम रहेको कोठामा आगलागी भएको हो । करेन्ट सर्ट भएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।
काठमाडौं महानगरका चार र नेपाली सेना, ललितपुर र भक्तपुरको एक-एक गरी सातवटा दमकल प्रयोग गरी आगो नियन्त्रणमा लिइएको हो । क्षतिको विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया