
काठमाडौं, २४ साउन । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ समिति विस्तारलाई लिएर दुईपक्षबीच नाराबाजी भएको छ ।
दुई पक्षले पार्टी कार्यालय सानेपामा नारावाजी गरेका हुन् । पार्टी सभापति शेरबहादुर देउवाले विधान विपरीत नेविसंघको केन्द्रीय तदर्थ समिति विस्तार गरेको भन्दै असन्तुष्ट पक्ष र संस्थापन पक्षबीच नारावाजी भएको हो ।
असन्तुष्ट पक्षले बुधबार पार्टी कार्यालय सानेपामा बृहत विद्यार्थी भेला तथा विधानसम्मत भन्दै केन्द्रीय कार्यसमिति घोषणा कार्यक्रम राखेको थियो । तर नेविसंघका अर्को समूहले नारावाजी गर्दै उक्त भेला रोक्न खोजेको थियो ।
दुईपक्षबीच विवाद भएपछि प्रहरीले पार्टी कार्यालयमा दुवै समूहलाई प्रवेशमा रोक लगाएको थियो । सो क्रममा पार्टी कार्यालयको गेट बाहिर दुवै पक्षले एकअर्काविरुद्ध नारावाजी गरेका हुन् ।
नियमित महाधिवेशन नहुँदा केही समयदेखि तदर्थ समितिकै भरमा नेविसंघ चल्दै आएको छ । दुजाङ शेर्पा अध्यक्ष रहेकै समितिमा सभापति देउवाले ७१० जना केन्द्रीय सदस्य मनोनीत गरेका थिए ।
नेविसंघ केन्द्रीय समिति ७११ सदस्यीय बनाएपछि विधानविपरीत भन्दै अर्को पक्ष असन्तुष्ट छ ।















प्रतिक्रिया