६ कार्तिक २०८३, शुक्रबार

२९औं विश्व आदिवासी दिवस मनाइयो (भिडिओसहित)

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ साउन । २९औं विश्व आदिवासी दिवस विभिन्न कार्यक्रम आयोजना मनाइएको छ ।

पहिचान र अधिकार सुनिश्चितताको लागि आदिवासी आन्दोलनमा सहभागी बनौँ, परम्परागत ज्ञान सिपको प्रवर्द्वन गर्दै पुर्ख्यौली भूमि, भाषा र संस्कृतिको संरक्षण गरौँ भन्ने मूल नाराका साथ नेपाल आदिवासी जनजाति महासंघले विश्व आदिवासी दिवस मनाएको हो ।

यस बर्ष संयुक्त राष्ट्रसंघको मूलनारा भने ‘आत्म निर्णयका लागि परिर्वतनका सम्वाहक आदिवासी यूवा’ भन्ने रहेको छ । दिवसका अवसरमा महासंघ आवद्ध बिभिन्न संघ संस्थाहरुले काठमाडौंमा सांस्कृतिक र्‍याली निकालेका थिए ।

सन् १९९४ डिसेम्बर २३ को संयुक्त राष्ट्रसङ्घको साधारणसभाले अगस्त ९ तारिखलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा मनाउने अवधारणा अगाडि बढाएको हो ।

संयुक्त राष्ट्रसङ्घले यसअघि नै सन् १९९४ देखि सन् २००४ सम्म आदिवासी दशकका रुपमा ‘कर्म र मर्यादाका लागि दशक’ नाराका साथ आह्वान गरेको थियो ।