
जनकपुरधाम, २३ साउन । धनुषास्थित कमला नदीले बगाएर श्रीमान–श्रीमती बेपत्ता भएका छन् ।
गणेशमान चारनाथ नगरपालिका ७ का ३५ वर्षीय साजन परियार र उनकी श्रीमती ३० वर्षीय मायालाई कमला नदीले बगाएर बेपत्ता बनाएको हो ।
दाउरा खोजेर फर्किने क्रममा उनीहरूलाई बाढीले बगाएको हो ।
उनीहरूको खोजी भइरहेको छ ।















प्रतिक्रिया