
रोल्पा, २३ साउन । रोल्पामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।
रोल्पाको परिवर्तन गाउँपालिका वाग्माराबाट दाङको घोराहीका लागि छुटेको ना ख २६१२ नम्बरको बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा रोल्पाको माडी गाउँपालिका–२ बस्ने २१ वर्षीय प्रकाश बाँठा, माडी गाउँपालिका–४ का ५० वर्षीय गोर्खे डाँगी र उनकी ५० वर्षीया श्रीमती हस्त डाँगी तथा परिवर्तन गाउँपालिका–३ का ४६ वर्षीय भक्तबहादुर विक छन् ।
यस्तै बस दुर्घटनामा घाइते भएकाहरूको उपचारका लागि दाङ पठाइएको प्रहरीले जनाएको छ ।
घाइते मध्ये दुई जनाको अवस्था गम्भीर छ । घाइते हुनेहरुमा अधिकांश रोल्पाको माडी गाउँपालिकाका रहेका छन् ।
यस्तै सामान्य घाइतेसमेत रहेका दाङको घोराही–१२ निवासी २४ वर्षीय चालक हुमराज बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनामा चालकको लापरबाही देखिएकाले नियन्त्रणमा लिई अनुसन्धान भइरहेको रोल्पाका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जानकारी दिए ।
बस अनियन्त्रित भई बस घुम्तीसडकबाट करिब १०० मिटर तल खसेको थियो ।















प्रतिक्रिया