
काठमाडौं, २३ साउन । ललितपुरको च्यासलमा रहेको नेकपा (एमाले) को केन्द्रीय कार्यालयमा मनोहरा खोलाको बाढी पसेको छ ।
बाढीका कारण मध्यान्नसम्म सो क्षेत्रको यातायात आवागमनसमेत प्रभावित भएको थियो । बहाव कार्यालय हाताभित्र प्रवेश हुँदा केही क्षति पुगेको एमालेले जनाएको छ ।
खोलाले लेदो समेत बगाउँदा सडक हिलाम्मे भएका छन् । त्यस्तै थापाथली स्थित राज पेपर कन्र्सनमा बाढी पस्दा लाखौँको क्षति भएको छ ।
बाढीका कारण मसलन्द तथा शैक्षिक सामाग्रीका साथै सामाग्री तयार पार्न राखिएको कागजसमेत क्षति भएको छ ।















प्रतिक्रिया