६ कार्तिक २०८३, शुक्रबार

प्रस्तावित प्रधानन्यायाधीस श्रेष्ठविरूद्व १० दिनको समय दिएर उजुरी आह्वान गर्ने तयारी

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ साउन । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ प्रक्रिया अघि बढेको छ ।

संहदरबारमा मंगलबार बसेको संसदीय सुनुवाई समितिको बैठकले श्रेष्ठविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।

प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइबारे सर्वसाधारणलाई जानकारी गराउने र नाम अनुमोदनका सन्दर्भमा कुनै गुनासो वा उजुरी भए १० दिनभित्र उजुरी गर्न सार्वजनिक सूचना प्रकाशित गर्ने निर्णय गरेको समितिका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले जानकारी दिए ।

सूचना प्रकाशित भएको मितिले १० दिनभित्र स्पष्ट आधार खोली मर्यादित भाषामा सूचना वा उजुरी दिन सकिने उनले बताए । यसअघि साउन १८ गते बसेको संवैधानिक परिषद बैठकले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो ।

समितिले संसदीय सुनुवाइ प्रक्रिया पूरा गरी नाम अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त हुने व्यवस्था छ ।