
काठमाडौं, २२ साउन । संसदको जारी अवरोध हटाउन सभामुख देवराज घिमिरेले बोलाएको बैठकमा सहमति जुट्न सकेको छैन ।
सिंहदरबारस्थित सभामुखको कार्यालयमा भएको छलफलमा राजनीतिक दलबीच सहमति जुट्न नसक्ने सहमति हुन नसकेको हो ।
पहिलो चरणको छलफलमा सहमति जुट्न नसकेपछि दिउँसो साढे तीन बजे पुन: अर्को बैठक बोलाइएको छ । सहमति जुट्न नसकेपछि प्रतिनिधिसभा बैठक पनि सरेको छ ।
प्रतिनिधिसभा बैठक अपरान्ह चार बजेका लागि सारिएको हो ।
सुन तस्करी प्रकरणको छानबिनका लागि प्रमुख प्रतिपक्षी नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दै संसद अवरोध गर्दै आएको छ ।















प्रतिक्रिया