२८ कार्तिक २०८३, शनिबार

पहिरो पन्छाएपछि त्रिभुवनराजपथ सूचारु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, २१ साउन । पहिरोसहित ठूलो ढुंगा खसेर अवरुद्ध बनेको हेटौंडा-काठमाडौं जोड्ने पुरानो सडकमार्ग त्रिभुवनराजपथ सूचारु भएको छ ।

आज बिहान मकवानपुरको भीमफेदी गाउँपालिका-९ लामिडाँडामा पहिरो खस्दा सडक अवरुद्ध बनेको थियो ।

पहिरो हटाएपछि बिहान ११ बजेबाट यातायात सूचारु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पहिरो पन्छाएपछि रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेको छ ।