२ कार्तिक २०८३, सोमबार

एनआईसी एशिया बैंकको मुनाफा ४ अर्ब ६५ करोड

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ साउन । एनआईसी एशिया बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ४ अर्ब ६५ करोड १३ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको भन्दा १०.३५ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको मुनाफा ४ अर्ब २१ करोड ४९ लाख रुपैयाँ रहेको थियो ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ९.६० प्रतिशतले बढेर १२ अर्ब ३७ करोड ११ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको उक्त आम्दानी ९.६० प्रतिशत रहेको थियो ।

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ५ अर्ब ९६ करोड ५२ लाख रुपैयाँ सञ्चालन नाफा गरेको बैंकले गत आर्थिक वर्षको सोहि अवधिमा उक्त नाफा १४.४५ प्रतिशतले बढेर ४ अर्ब ६५ करोड १३ लाख रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा रिजर्भ कोष ४६.०४ प्रतिशतले बढेर १४ अर्ब ३८ करोड ८४ लाख रुपैयाँ, चुक्ता पुँजी ११ अर्ब ५६ करोड ४० लाख रुपैयाँ, वितरणयोग्य नाफा ३ अर्ब ६९ करोड ८८ लाख ३४ हजार रुपैयाँ, खराब कर्जा ०.८ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको तुलनामा प्रतिसेयर आम्दानी ३.७७ रुपैयाँले बढेर ४०.२२ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २५६.४१ रुपैयाँ रहेको छ ।