२८ कार्तिक २०८३, शनिबार

पहिरोको कारण त्रिभुवनराजपथ अवरुद्ध

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, २१ साउन । पहिरोको कारण हेटौंडा-काठमाडौं जोड्ने पुरानो सडकमार्ग त्रिभुवनराजपथ अवरुद्ध भएको छ ।

आज बिहान सडकमार्ग अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका-९ लामिडाँडामा पहिरो खस्दा अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा हेटौंडा र काठमाडौंबाट छुटेका सवारी साधन लामिडाँडामा रोकिएका छन् ।

पहिरो पन्छाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।