
काठमाडौं, २१ साउन । मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ अर्ब ३६ करोड ३८ लाख ६७ हजार रुपैयाँ नाफा कमाएको छ ।
यो बैंकको अघिल्लो आर्थिक वर्षको सोहि अवधिको नाफा भन्दा १.६४ प्रतिशत बढी हो । अघल्लिो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा १ अर्ब ३४ करोड १८ लाख ५ हजार रुपैयाँ रहेको थियो ।
यसअवधिमा बैंकको खुद ब्याज आम्दानी १३.१४ प्रतिशतले बढेर ४ अर्ब २९ करोड ६६ लाख २२ हजार रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी ३ अर्ब ३२ करोड ९७ लाख ७९ हजार रुपैयाँ रहेको थियो ।
असार मसान्तसम्मको अवधिमा कम्पनीको सञ्चालन नाफा १.८३ प्रतिशतले बढेर १ अर्ब ९६ करोड ६४ लाख ५३ हजार रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त नाफा १ अर्ब ९३ करोड १० लाख ९१ हजार रुपैयाँ रहेको थियो ।
समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी ६ अर्ब ४२ करोड ९ लाख रुपैयाँ, जगेडा कोष २ अर्ब ३७ करोड ३७ लाख रुपैयाँ, वितरण योग्य नाफा ६४ करोड ४० लाख रुपैयाँ रहेको छ ।















प्रतिक्रिया