२९ कार्तिक २०८३, आइतबार

डोल्पामा ट्याक्टर दुर्घटा हुँदा सात जना घाइते, दुईको अवस्था गम्भीर

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डोल्पा, २१ साउन । डोल्पाको ठुलीभेरी नगरपालिकाको मोतिपुरमा ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ ।

ठुलीभेरीको भित्तिबाट बालुवा बोकेर दुनैतर्फ आउँदै गरेको रा १ त. ३५७८ नम्बरको ट्याक्टर शनिबार साँझ दुर्घटना भएको हो ।

घाइतेहरुको जिल्ला अस्पताल दुनैमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी निरीक्षक नवीन प्रकाश चापागाईंले जानकारी दिए । घाइतेमध्ये दुईजनाको अवस्था केही गम्भीर रहेको प्रहरी निरीक्षक चापागाईंको भनाई छ ।

ट्याक्टर चालक सुरज बोहराले अत्यधिक मात्रामा मादक पदार्थ सेवन गरेर ट्याक्टर चलाएका कारण दुर्घटना भएको प्रारभ्मिक अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । ट्याक्टर सडकबाट करिब बीस मिटर तल खसेको प्रहरीले जनाएको छ ।