
काठमाडौं, १८ साउन । संवैधानिक परिषद्को बैठक आज बस्दैछ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा साँझ ५ बजे बस्ने बैठकले प्रधानन्यायाधीश सिफारिस गर्नेछ । यसअघि मंगलबार परिषद्को बैठक बसे पनि कुनै निष्कर्षमा पुग्न नसकेपछि आजका लागि बैठक बोलाइएको हो ।
उमेर हदका कारण प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि यही साउन २० गते सकिँदै छ । त्यसको एक महिनाअगाडि नै प्रधानन्यायाधीश सिफारिस गरिसक्नु पर्ने संवैधानिक व्यवस्था छ ।
आज बस्ने परिषद् बैठकले विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने सम्भावना छ । उनी वरिष्ठतम् न्यायाधीशको रोलक्रममा अगाडि छन् ।











प्रतिक्रिया