२९ कार्तिक २०८३, आइतबार

राप्रपाको केन्द्रीय कार्यालय भत्काउँदै काठमाडौं महानगर

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ साउन । काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को धुम्बाराहीस्थित केन्द्रीय कार्यालय भत्काउने भएको छ ।

महानगरले उक्त कार्यालय नक्सा पास नगरिकन बनाएको र विद्युत् प्राधिकरणको हाइटेन्सन लाइनमुनि रहेको भन्दै भत्काउन लागेको हो ।

महानगरले शुक्रबार माइकिङ गरी कार्यालय खाली गर्न तीन दिनको समय दिएको थियो । महानगरले ‘राष्ट्रिय प्रजातन्त्र पार्टीमा रहनुभएका पदाधिकारीज्यूहरू, यो कार्यालयलाई आगामी सोमबारभित्र हटाई खाली गराइदिनुहुन काठमाडौं महानगरपालिका हार्दिक अनुरोध गर्दछ’ भन्दै माइकिङ गरेको छ ।

महानगरले दिएको समय आज पूरा हुँदैछ । तर राप्रपाले भवन खाली नगराएपछि आज महानगर आफैँले हटाउन लागेको हो ।