
काठमाडौं, १४ साउन । दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाले क्वार्टरमा अनैतिक गतिविधि गर्दै गरेको भिडियो बाहिरिएको छ ।
एक महिलासँग मदिरा सेवन गर्दै अनैतिक क्रियाकलाप गर्दै गरेको भिडियोमा देखिन्छ । महिलाले भिडियो टिकटकमार्फत लाइभ गरेकी थिइन् । मदिराले लठ्ठ भएका निरौलाले लाइभमै अनैतिक गतिविधि गरेको देख्न सकिन्छ ।
भिडियो देखिएको कोठा दमक नगरपालिकाले उपलब्ध गराएको निरौलाको सरकारी क्वार्टर हो । क्वार्टरमै अश्लील हर्कत गरेको बाहिरिएपछि उनको विरोध सुरु भएको छ । प्रमुख प्रशासकीय अधिकृत निरौलाले भने यो भिडियो काठमाडौंको भएको दाबी गरेका छन् ।
‘यो क्वार्टरमा होइन, काठमाडौंमा जन्मदिन मनाउँदाको भिडियो हो । धेरैजना ग्रुपमा हुँदाको भिडियो हो । कसरी बाहिरियो म अच्चमित छु,’ उनले भने, ‘काठमाडौंको होटलमा जन्मदिन मनाउँदाको भिडियो हो, क्वार्टरमा होइन । कसैले मेरो चरित्रहत्या गर्न खोजेको हो ।’
उनले भिडिओ काठमाडौंको भएको दाबी गरेपछि स्रोतका अनुसार सो नगरपालिकाले उपलब्ध गराएको क्वार्टर नै हो ।
यसैबीच भिडिओ सार्वजनिक भएपछि निरौलाले प्रमाण नष्ट गर्न कोठाको रंगरोगन गरेका छन् । उनले नगरपालिका परिसरमा रहेको क्वाटरमा आइतबार बिहानै रंगरोगन गरेका हुन् ।
घटना बाहिरिएपछि छानबिन हुने डरले उनले प्रमाण नष्ट गर्नका लागि उनले क्वाटरमा रंगरोगन गरेका हुन् ।















प्रतिक्रिया