६ कार्तिक २०८३, शुक्रबार

सुडानमा शान्ति मिसनमा रहेका सैनिक रामबहादुर बाँठा मृत फेला

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ साउन । दक्षिण सुडानमा कार्यरत नेपाली शान्ति सैनिक मृत फेला परेका छन्।

संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा तैनाथ शेर गण शान्ति सेना बाह्रौँ डफ्फामा कार्यरत अमलदार रामबहादुर बाँठा हिजो बिहीबार मृत भेटिएका हुन्।

जाजरकोट जिल्ला खलङ्गा गाउँपालिका–६ का बाँठाको रूम्बेकस्थित गणमा रहेको गाडीको वर्कशपमा झुण्डिएको अवस्थामा फेला परेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

निजको पार्थिव शरीर पोर्टमर्टमको प्रक्रिया तथा अनुसन्धान पूरा भएपछि स्वदेश ल्याइने छ।