६ कार्तिक २०८३, शुक्रबार

प्रदेश प्रमुखद्वारा कोशीमा नयाँ मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ साउन । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले नयाँ मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका छन् ।

विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुख खापुङले साउन १६ गते साँझ ५ बजेसम्म दाबी पेश गर्न आह्वान गरेका हुन् ।

‘नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम कोशी प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने कोशी प्रदेश सभाको सदस्यलाई कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति गरी कोशी प्रदेश सरकार गठन गर्ने प्रयोजनका लागि मिति साउन गते मंगलबार अपरान्ह ५ बजेभित्र आफ्नो दाबी पेस गर्न कोशी प्रदेशका माननीय प्रदेश प्रमुख परशुराम खापुङ्गज्यूले आह्वान गर्नुभएको छ’, विज्ञप्तिमा भनिएको छ ।

गत असार २१ गते मुख्यमन्त्री बनेका काँग्रेसका उद्वव थापाको नियुक्ति सर्वोच्च अदालतको बिहीबारको आदेशअनुसार बदर भएसँगै प्रदेश प्रमुख खापुङले नयाँ सरकारका लागि आह्वान गरेका हुन्।