
काठमाडौं, १२ साउन । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक स्थगित भएको छ ।
आज बिहान साढे ११ बजेका लागि बोलाइएको बैठक कोरम नपुगेपछि स्थगित भएको हो । बैठकमा आवश्यक १४ जना संसद्को कोरम नपुगेको हो ।
बैठकमा सहभागी हुन १२ जना सांसद सहभागी थिए भने एकजना अनुपश्चित हुँदा बैठक नै स्थगित गर्नुपरेको हो । बैठकमा सांसदहरू गोकुल बास्कोटा र श्याम कुमार घिमिरे अनुपस्थित भएपछि बैठक स्थगित गर्नुपरेको हो ।
बैठकमा समितिको आन्तरिक कार्यविधि र आएका उजुरीहरूका बारेमा छलफल गर्ने कार्यसूची रहेको थियो ।
अर्को बैठक आइतबारका लागि तोकिएको छ।















प्रतिक्रिया