२ कार्तिक २०८३, सोमबार

९०० रुपैयाँले घट्यो सुन, तोलाको कति ?

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ साउन । साताको अन्तिम दिन आज शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ९ सय रुपैयाँले घटेको छ । योसँगै आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहको महासंघले जनाएको छ । हिजो छापावाल सुन प्रतितोला १ लाख १३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुन प्रतितोला १ लाख १२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, आज चाँदी प्रतितोला ४० रुपैयाँले घटेर १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला १ हजार ४९० रुपैयाँमा कारोबार भएको थियो ।