६ कार्तिक २०८३, शुक्रबार

वैदेशिक रोजगारीका क्रममा रोल्पाका ३९ जनाको मृत्यु

924
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ साउन । रोल्पाका ३९ जनाले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका छन् ।

जिल्ला प्रशासन कार्यालयको आप्रवासी सूचना केन्द्रको अभिलेखअनुसार तीन वर्षको अवधिमा ३९ जनाको मृत्यु भएको हो । सूचना केन्द्रमा प्राप्त मुद्दाका आधारमा मृत्युको सङ्ख्या अद्यावधिक गरिए पनि वास्तविक मृत्यु योभन्दा धेरै हुनसक्ने बताइएको छ ।

यस अवधिमा सबैभन्दा धेरै ज्यान गुमाउने परिवर्तन गाउँपालिकाका छन् । कम ज्यान गुमाउनेको सङ्ख्या थवाङ र माडी गाउँपालिकामा छ। परिवर्तन गाउँपालिकाबाट यस अवधिमा आठ जनाले ज्यान गुमाएको अभिलेखमा उल्लेख छ।

यसैगरी थवाङ र माडी गाउँपालिकाबाट यस अवधिमा एक/एक जनाले ज्यान गुमाएका छन्। वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउने अन्य पालिकामा रोल्पा नगरपालिका र रुन्टीगढी गाउँपालिकाबाट ६/६ जना, सुनिलस्मृति गाउँपालिकाबाट पाँच, लुङ्ग्री गाउँपालिकाबाट चार जनाले ज्यान गुमाएका छन् । यसैगरी त्रिवेणी र गङ्गोदव गाउँपालिकाबाट तीन/तीन जना र सुनछहरी गाउँपालिकाबाट दुई जनाले ज्यान गुमाएका छन् ।

रोजगारदाता राष्ट्रका आधारमा सबैभन्दा धेरै साउदी अरबमा २० जनाले ज्यान गुमाएका छन्। यसैगरी मलेशियामा सात, कतार र युएईमा तीन/तीन, कुवेतमा दुई तथा अल्जेरिया, क्रोसिया, शिसालिसलगायत देशमा एक/एक जनाले ज्यान गुमाएका छन्।

वैदेशिक रोजगारीमा जानेका लागि परामर्श सेवा दिन जिल्ला प्रशासन कार्यालयमा सुरक्षित वैदेशिक रोजगारीका लागि आप्रवासी स्रोतकेन्द्र स्थापना गरिएको छ ।

हेल्भेटासको सहयोगमा स्थानीय गैरसरकारी संस्था विकास सरोकार समाजले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी उक्त स्रोतकेन्द्र स्थापना गरेको हो ।