
काठमाडौं, ११ साउन । कालीमाटी तरकारी बजारका सटरहरू बिना प्रतिष्पर्धा भाडामा दिने सम्झौता खारेज गर्नुपर्ने भन्दै राष्ट्रिय किसान सञ्जालले कालीमाटी तरकारी बजार विकास समितिको कार्यालय धर्ना दिएका छन् ।
बजारका सटर र स्टलहरू खुला प्रतिष्पर्धामार्फत भाडामा लगाउनुुपर्ने र बिना प्रतिष्पर्धा भाडामा दिने सम्झौता खारेज गर्नुपर्ने भन्दै किसान सञ्जालले धर्ना दिएका हुन् ।
सञ्जालले बजारका ५० प्रतिशत सटर र स्टलहरू उत्पादक किसानलाई सहुलियत दरमा छुट्टाउनुपर्ने, बजार विकास समितिमा ५० प्रतिशत किसान प्रतिनिधि सुनिश्चित हुनुपर्ने माग पनि अघि सारेको छ ।
यस्तै, किसान र उपभोक्ता हित विरोधी निर्णय खारेज गर्नुपर्ने लगायतका माग राख्दै विगत चार दिनदेखि निरन्तर समितिको कार्यालय धर्ना दिइएको अखिल नेपाल किसान महासंघका महासचिव बाबुराम थापाले बताए ।
धर्ना कार्यक्रम समितिले गरेको निर्णय फिर्ता नगरेसम्म निरन्तर जारी रहने संजालले जनाएको छ ।
यस्तै सञ्जालले लम्पी स्किन रोगबाट पशु क्षति भएको, पशु बीमाको रकम नपाएको, तरकारी उत्पादक किसानले उचित मूल्य नपाएको भन्दै थप देशव्यापी आन्दोलन सुरु गरेको समेत जनाएको छ ।















प्रतिक्रिया