
काठमाडौं, ११ साउन । आरोही एवम् फोटो पत्रकार पूर्णिमा श्रेष्ठले पाकिस्तानस्थित विश्वकै दोस्रो अग्लो हिमाल के–टु हिमालको सफल आरोहण गरेकी छन्।
उनले बिहीबार मध्यान्ह ८६११ मिटर अग्लो विश्वकै दोस्रो अग्लो शिखरमा पाइला टेक्न सफल भएकी हुन् ।
पूर्णिमाले आफ्नो सफल आरोहणका लागि सहयोगी र शुभेच्छुकलाई धन्यवाद दिएकी छन्। पूर्णिमा एटके एक्सपिडिसन्सबाट अन्य सहयोगीसहित माउन्ट के-टु चढ्न पाकिस्तान पुगेकी थिइन्।
यस अघि उनले नेपालमा रहेका ८ हजार मिटर उचाइका ७ वटा हिमाल आरोहण गरिसकेकी छन्।















प्रतिक्रिया